Section 16
व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइने
: (१) दफा ७ को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केही भाग पुनरुत्पादन गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भवनको रुपमा तयार गरिएको आर्किटेक्चरल डिजाइन र अन्य निर्माण सम्बन्धी डिजाइनको पुनरुत्पादन वा कुनै पुस्तकको ठूलो हिस्साको पुनरुत्पादन वा सांगीतिक रचनालाई नोटेशनको रुपमा पुनरुत्पादन वा डाटाबेसको सम्पूर्ण वा उल्लेखनीय हिस्सा डिजिटल ट्रान्समिसनको प्रक्रियाद्वारा पुनरुत्पादन गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पर्ने गरी पुनरुत्पादन गर्न पाइने छैन ।